×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड पुग्नु अगावै धनगढी तनावग्रस्त

LAXMI SUNRISE BANK

प्रचण्ड पुग्नु अगावै धनगढी तनावग्रस्त

२२ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज जिल्ला दौडाहामा छन् । तर उनको जिल्ला भ्रमणलाई अवरोध गर्नका लागि विपक्षी दलहरुले ती जिल्लाहरुमा बन्द र अवरोधको रणनीति अपनाएका छन् ।
प्रधानमन्त्री प्रचण्ड धनगढी जान लागेपछि एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर चर्को प्रदर्शन गरिरहेका छन् भने दाङमा बन्दकै आह्वान गरिएको छ ।
प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मे हम्मे परिरहेको जनाइएको छ । प्रचण्ड आज विहानै हेलिकोप्टर चार्टर गरेर मध्य र सुदुरपश्चिमका जिल्ला गएका हुन् ।
विहान १० बजे दाङ पुगेका प्रचण्डले राप्ती नदीमाथि बन्न लागेको सिसहनीया र गोवरडिहा जोड्ने पुलको शिलान्यास गरेका थिए । उनले त्यहाँ सरकारी कार्यालयका कर्मचारीलाई भेटेर सम्पादन भइरहेका कामको अवस्था बुझेर आवश्यक निर्देशन पनि दिएका छन् ।
दाङमा पनि  बन्द :-
अनेरास्ववियु र युवा सङ्घले आह्वान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि देखिएको छ । जिल्लाका मुख्य तथा स्थानीय बजारमा बिहानैदेखि बन्दको प्रभाव देखिएको हो । सरकारले प्रदेश नं ५ लाई टुक्र्याउने गरी दर्ता गरेको संशोधन प्रस्तावको विरुद्धमा बन्दको आह्वान गरिएको बन्दकर्ताले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी