
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहमतिमा संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएको हो । अहिले सोही पार्टीले विरोध गर्नुको औचित्य छैन ।
ओलीकै सहमतिमा आएको प्रस्तावमा ओलीकै कार्यकर्ताले सरकारको विरोध गर्दै सडकमा मेरो पुत्ला जलाउनु निन्दनीय काम हो ।
संसदमा सरकारले दर्ता गरेको प्रस्ताव केपी ओलीजीले नै राखेको प्रस्ताव हो । अहिले उहाँकै पार्टीको अगुवाइमा मेरो पुत्ला किन जलाउनु हुन्छ रु एमालेले दिउँसै रात पार्ने काम कति पटक गर्छरु सडकमा प्रदर्शन गर्नुभएको छ तर संसद अवरोध त गरिदिन भएन नि ।
सरकारका बारेमा भ्रम गर्ने काम मिडियाबाट समेत भएको छ । यसप्रति मलाई गुनासो छ । संशोधन प्रस्ताव दर्ता गर्नुअघि नै वास्तविक धरातल बाहिर गएर काल्पनिक र मनोगत प्रचार गरियो ।
संविधान संशोधनको मुख्य उद्देश्य संविधानको स्वीकारोक्ति र मुलुकलाई निर्वाचन तिर लैजाने हो। संशोधन पास नभएपनि निर्वाचन गराउने सरकारको कार्यनीति हो ।
स्थानीय तह पुर्नसंरचना आयोगले चाँडै आफ्नो प्रतिवेदन पेश गर्ने र सोलगत्तै सरकार स्थानीय तहको निर्वाचनका लागि गम्भीर गृहकार्यमा हामी लागेका छौं ।
एमालेलाई कन्भिन्स गरेर सबैको सहमतिमा प्रस्ताव पारित गराउने हो र संविधान कार्यान्वयन र चुनाव गराउने हाम्रो टार्गेट हो ।
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका जनताको आन्दोलनको बलबाट प्राप्त उपलब्धिहरुलाई मास्न प्रतिगामी तत्वहरु लागि परेको छन ।
अरुको कुरा परै जाओस् ओली नै भन्नुहुन्छ हामी संघीयताको पक्षधर होइनौं । अहिले यहि मौका छापेर बुटलमा प्रदर्शन भइरहेको छ, सहिद स्तम्भ तोड्ने, माओवादीको कार्यालय जलाउने, घरमा ढुंगा हान्नेजस्ता अस्वाभाविक घटना हुनु सिंगो परिवर्तनलाई ध्वस्त बनाउने डिजाइनमना प्रतिगामी तत्वहरु अहिले पनि घुँडा धसेर लागेका हुन् भन्ने बुझ्न कठीन छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्