
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले संघियता खारेज गर्ने प्रयत्नमा ठुला दलका ठुलै नेता लागि परेको बताएका छन्। चितवनमा नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि प्रधानमन्त्री दाहालले गणतन्त्र विरुद्ध ठुलै षड्यन्त्र सुुरु भएको बताए।
‘संघियता खारेज गर्ने प्रयत्नमा ठुलै ठुलै पार्टीका, ठुलै ठुलै नेताहरुले खुलेआम भन्न थालेका छन्, प्रधानमन्त्री दाहालले भने, आजपनि मिडियामा तपाईले हेर्नुभयो भने कता कता, यो संविधानै खारेज गरे त खेलै खतम भन्ने प्रचार सुरु भएको छ। संघियता खारेज भनेको गणतन्त्र पनि खारेज गर्ने भनिएको हो,’ प्रधानमन्त्रीले भने,‘गणतन्त्रको विरोध धर्म निरपेक्षताको विरोध हो।’
संविधानले आदिवासी जनजाती,, मधेसी, थारु लगायत जातजातिहरुलाई ठिक ढंगले सम्बोधन गर्न नसकेकाले संसोधन गरेर साझा बनाउन लागेको उनले बताए। उनले गरिब, मजदुर, किसान, पिडितहरुको योगदानकै कारण आफु २ पटक प्रधानमन्त्री बनेको बताए। प्रधानमन्त्री दाहालले यो ऋण तिर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेस पञ्चायतकाल देखि नै जातीय सद्भाव र उत्थानमा सक्रिय भएको बताए। उनले गम्भिर अवस्थामा सबै दल निजी स्वर्थभन्दा माथि उठ्न जरुरी रहेको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्