
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पार्टी नेता टोपबहादुर रायमाझी पार्टीको निर्णयविपरित गएको भन्दै उनी विरुद्ध रन्किएका छन । ‘उहाँहरु कन्स्टिट्युन्सी बचाउन जानुभएको हो, पार्टीको निर्णयभन्दा बाहिर कोही जान मिल्दैन । पार्टी नीति विपरित जोसुकैलाई पनि कारवाही हुन्छ ।
सविधान संशोधन विरोधमा ५ नम्बर प्रदेशका केही जिल्लाहरु र प्रमुख विपक्षी एमालेको आन्दोलनको कुनै तुक छैन, हिमाल, पहाड र तराई मिलाउन नै संशोधन प्रस्ताव आएको हो । उहाँहरु समझदारीमा आउनैपर्ने हुन्छ, यदि उहाँहरु निर्वाचनप्रति गम्भीर हुनुहुन्छ भने नमिल्नेखालको आन्दोलन छाडेर आउनैपर्दछ । नआएर सुखै छैन ।
चितवनको भरतपुरमा आयोजित नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशलाई फेरी सामन्तीतन्त्र ल्याउन कोशिश भईरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन ।
सरकारले गरिरहेको कदमलाई मद्धत गर्नुपर्छ, गरिएन भने ठूलो राजनीतिक दुृर्घटनाको खतरा छ, त्यो दुर्घटनाले ४७ साल तिर त फर्कदैन ७४ साल तिरै जाने हो । दुई अंक चाही संयोग हो, संघीय गणतन्त्र उल्टाई पहिलेको सामन्तीतन्त्र ल्याउछौं भन्नु दिवासपना मात्र हो ।
यो देश एउटा कुनै जाति विशेष पेवा, उपल्लो वर्गको ठेकेदारी मात्रै होइन भन्दै सबै जातजाति, सँस्कृति धर्मको साझा देश भएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्