×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्संरचना आयोग पदाधिकारीले प्रधानमन्त्रीको समय पाएनन्

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पुनर्संरचना आयोग पदाधिकारीले प्रधानमन्त्रीको समय पाएनन्

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार गर्ने भनिएको भेटको समय सरेको छ ।  आयोगका पदाधिकारीले गाउँ पालिका र नगर पालिकाको सीमा र संख्या निर्धारणसहितको प्रतिवेदन तयार भएको भन्दै प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने भन्दै भेट गर्न खोजेका थिए ।
 गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायक्त क्षेत्रको सख्या तथा सीमाना निर्धारण आयोगका पदाधिकारीले प्रधानमन्त्री दाहालसँग दुई सातादेखि प्रधानमन्त्री दाहालसँग भेटको समय माग गरेका थिए । प्रधानमन्त्रीले आयोगको कामप्रति असन्तुष्ट दलका नेतालाई मनाएर मात्र प्रतिवेदन बुझाउन आयोग अध्यक्ष बालानन्द शर्मालाई दिएको सुझाव कार्यान्वयन नएपछि प्रधानमन्त्री दाहाल आयोगप्रति असन्तुष्ट बनेका थिए ।
 प्रधानमन्त्री दाहालले सबैको सल्लाह र सुझाव बमोजिम स्थानिय तहमै गएर सुझाव लिएर प्रतिवेदन बुझाउन आयोग पदाधिकारीलाई भनेका थिए। दुई साताअघि प्रधानमन्त्रीलाई भेटेका आयोगका अध्यक्ष बालानन्द पौडेलले सोमबार प्रतिवेदन बुझ्ने समय माग गरेका थिए । आयोगको तर्फबाट प्रतिवेदन बुझ्न सोमबार लिखित माग गरेपछि प्रधानमन्त्री दाहालले साढे १० बजे भेटघाटको लागि आयोग पदाधिकारीलाई भेट गर्ने समय दिएका थिए ।
  तर प्रधानमन्त्रीको व्यस्तताको कारण समय नपाएपछि आयोग पदाधिकारी प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट फर्किएको आयोगका सदस्य अधिवक्ता सुनिल रन्जन सिंहले बताए । मंगलबारसम्ममा भेट गर्ने समय प्रधानमन्त्रीले व्यवस्था गर्ने सिंहले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: