
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ‘मेरो निजी सम्पत्ति देखाउनुस,म सन्यासी बन्छु प्रधानमन्त्री प्रचण्डले भने । बिहीवार पार्टीको प्रशिक्षणका लागि पोखरा आइपुगेका प्रधानमन्त्री प्रचण्डले यदि कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने घोषणा गरेका हुन ।
आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले रुखो स्वरमा भने– ‘मान्छेहरु पत्याउँदैनन, तर मेरो निजी सम्पति छैन ।’ फेरि उनले भने अब, ‘मैले भन्नु नै पर्यो,चितवन भरतपुरमा रहेको एक कठ्ठा जग्गा र ३ तोला सुन पनि व्यक्तिगत नभई पार्टीको हो ।’
प्रधानमन्त्री प्रचण्डले आफूसँग अकुत सम्पति छ भनेर मिडियाले भ्रम फैलाएको भन्दै आफ्नो निजी सम्पत्ति भएको प्रमाणित गरेर देखाउन चुनौति दिए । कसैले निजी सम्पति भएको प्रमाणित गरे आफू सन्यासी बन्ने घोषणा गरेका छन् ।
चार महिनापछि बल्लतल्ल प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै चौतर्फि घरेराबन्दीमा परेका थिए प्रचण्ड । सम्पत्तिको नाममा श्रीमती सीता दाहालको नाममा तीन तोला सुन र चितवनमा एक कठ्ठा जग्गा रहेको प्रचण्डले उल्लेख गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्