
काठमाडौँ – सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन विद्येयकको विरोधमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले बिहीबारको संसद बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले गरेको सरकारले संशोधन विद्येयक प्रस्ताव फिर्ता नल्याउँदासम्म संसद बैठक अवरुद्ध गर्ने निर्णय बमोजिक उसले आजको बैठक अवरुद्ध गरेको हो ।
बैठक अवरुद्ध गर्नुअघि सभामुखसँग विशेष समय मागेर बोल्दै एमाले उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध कड्किए । एमालेमा सबैभन्दा राम्रो सम्बन्ध रहेको भनिएका बामदेव सकेजति प्रचण्डविरुद्ध खनिएको देख्दा संसद भवनमा बसेका अधिकांश सांसदले खुकै ध्यान दिएर उनको कुार सुने ।
हिमाल पहाड र तराई मिल्न नदिने षड्यन्त्र
गौतमले सरकारले दर्ता गरेको संशोधन विद्येयक राष्ट्रको हितमा नभएको बताए । संविधान संशोधनले मुलुकलाई बर्बादीमा लैजाने उनको दाबी थियो ।
‘हिमाल पहाड र तराईलाई मिल्न नदिने षड्यन्त्र अनुरुप संशोधन प्रस्ताव ल्यायइएको छ’ गौतमले भने, ‘पहाडबाट तराई अलग गरेर भविष्यमा तराईलाई छुट्टै राष्ट्र कायम गर्ने योजना हो यो । त्यसैले यसलाई हाम्रो पार्टी मान्न सक्दैन ।’
नेपाली जनता राजाका रैती नभएको उल्लेख गर्दै गौतमले अब जनता मालिक भइसकेको बताए । उनले भने, ‘बाह्य शक्तिलाई रिझाउन जनताको अधिकार खोस्न कसैले पाउँदैन ।’
संविधान उल्लंघन गरेर प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन
गौतमले संविधान संशोधन विद्येयक संविधानको व्यवस्था विपरित भएको बताउँदै प्रधान्मनत्रीलाई कुर्सीमा बस्ने अधिकार नभएको जिकीर गरे ।
‘संविधानको धारा २७४ मा सीमांकन प्रदेश सभाको स्वीकृतिमा केन्द्रीय संसदले गर्ने व्यवस्था छ । त्यसैले ५ नम्बरको सन्दर्भमा रहेको प्रस्ताव प्रदेश सभाको अधिकार हो । यसको छिनोफानो रुपान्तरित संसदले गर्न सक्दैन । यो नेपालको संविधानको ठाडो उल्लंघन हो । संविधानले सरकलाई कानुन र संविधान सम्बद्ध चल्न निर्देशन गरेको छ । तर, सरकारले संविधानको उल्लघंन गरेर संशोधन प्रस्ताव ल्याएको छ’ गौतमले भने, ‘देशको प्रधानमन्त्री संविधान उल्लंघन गरेर सरकारमा बस्न सक्दैन । संविधान उल्लंघन गर्ने सरकारलाई कुर्सीमा बस्ने अधिकार हुँदैन ।’
प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्न गाह्रो रहेको भन्दै हिँड्ने गरेको उल्लेख गर्दै गौतमले कार्यान्वयन गर्न गाह्रो भन्नुको अर्थ पालना गर्न गाह्रो छ भन्नु भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले नै यसो भन्नु गलत कुरा हो ।’
प्रधानमन्त्रीमाथि औँला उठाउँदै गौतमले भने, ‘प्रधानमन्त्रीले कि संविधान बुझ्नु भएको छैन, कि जानाजान संविधान उल्लंघन गर्नुभएको छ । देशलाई बरबादीको बाटोमा अघि बढाउने प्रस्ताव अघि बढाउन हामी कदापी दिदैनौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्