×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस भित्रैबाट आयो प्रचण्डले सोच्दै नसोचेको खबर, अब के होला ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कांग्रेस भित्रैबाट आयो प्रचण्डले सोच्दै नसोचेको खबर, अब के होला ?

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – मुलुकको राजनीतिक रंगमञ्च यसबेला सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर निकै तातेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सो प्रस्तावको चर्को विरोध गर्दै प्रस्तावनै फिर्ता लिनुपर्ने माग राखिरहेको छ भने सरकारले फिर्ता नलिने बरु स्थानीय निर्वाचनको मिति तोकेर जान प्रस्ताव अघि सारिरहेको छ ।
सरकार गठबन्धनमा रहेको मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने यो विषयमा अझै संस्थागत ढंगले आधिकारिक निर्णय गरिसकेको छैन, यद्यपि, उसले सरकारमै रहेकोले प्रधानमन्त्री पुष्पकमल दाहालले चालेको कदमको समर्थनमा बोलिरहेको देखिएको छ । पार्टीको निर्णयबिना बोलिएका कांग्रेस नेताहरुका समर्थन र विरोधका स्वरहरुलाई आधिकारिक व्याख्याका रुपमा हेरिएको छैन । कांग्रेसलाई यो सवालमा आधिकारिक धारण सार्वजनिक गर्न चर्को दबाब समेत परिरहेको छ ।
यही सेरोफेरोमा पछिल्ला दिन नेपालको राजनीतिक सतहमा नयाँ समाचार बाहिर आएको छ । कांग्रेसभित्रका केही युवा नेताहरु सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्रिय भएका खबरहरु बाहिर आएका हुन् । सरकारले एकाएक मध्यरातमा संविधान संशोधन विद्येयक दर्ता गराएको भन्दै सडक आन्दोलनमा होमिएका कांग्रेसका युवा नेता चन्द्र भण्डारी र अर्का यु्वा नेता एनपी साउदले यसको मध्यस्तता गरिरहेको श्रोतको दाबी छ ।
सरकारले अघि सारेको संशोधन प्रस्तावमा पाँच प्रदेशलाई टुक्र्याउने विषय समावेश गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले र सरकार गठबन्धनसँग जोडिएका माओवादी केन्द्र र कांग्रेसकै युवा नेताहरु पनि सडक आन्दोलनमा होमिएका छन् । केही दिनअघि बुटवलमा भएको विशाल जनप्रदर्शनमा कांग्रेसका चन्द्र भण्डारी र माओवादीका टोपबहादुर रायमाझीले नै सम्बोधन गरेका थिए । सडक आन्दोलनको दौरानमा एमालेसँगै रहेका कांग्रेसका युवानेता भण्डारी र एनपी साउदले केही दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा छलफल गरेको बुझिएको छ ।
यो सवालमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली निकै सकारात्मक भएको बताइन्छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले समस्याको समधान गर्नुभन्दा पनि थप समस्या चर्काउँदै लगेपछि सरकारको नेतृत्व फेर्ने विषयमा छलफल सुरु गरिएको कांग्रेसभित्रका केही नेताहरुको बुझाई छ । प्रचण्ड नेतृत्वको सरकारले दर्ता गरेको संशोधन प्रस्तावले समस्या समाधान गर्ने भन्दापनि झन चर्काउँदै लगेकोले सबै दलहरुको सहमति जुट्ने संकेत देखिएको छैन ।
एमाले यो प्रस्तावको पक्षमा कुनैपनि हालतमा नआउने भएकोले निर्वाचनको मिति तोक्न समेत समस्या देखिन थालेको कांग्रेसभित्रको बुझाई छ । केपी ओलीसँगको छलफलमा पनि प्रचण्डको नेतृत्वमा संविधान कार्यान्वयन र निर्वाचनको मिति तोक्न समेत असम्भव देखिन थालेकोले कांग्रेस युवा नेताहरुले यो पहलकद्मी लिएको श्रोतको भनाई छ । ओलीसँगको छलफल तत्काल सरकार ढाल्ने भन्दापनि सरकार परिवर्तनका बारेमा छलफल सुरु भएको संकेतका रुपमा लिइएको श्रोतले बताएको छ ।
कांग्रेसभित्र एनपी साउद र चन्द्र भण्डारी देउवा निकट नेता हुन् । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने वित्तिक्कै भण्डारीले त्यसको चर्को विरोध गरेका थिए । पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा समेत उनको सरकारसँग चर्को मतभेद थियो । त्यसलगतै एमालेले सुरु गरेको सडक आन्दोलनमा सँगै होमिएका भण्डारीले एमाले अध्यक्ष ओलीसँग सभापति देउवालाई प्रधानमन्त्री बनाउने सवालमा बहस सुरु गर्नु माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकारका लागि शुभ संकेत भने पक्कै होइन ।
देउवाको दोहोरो भूमिका रहेको आशंका
सरकार परिवर्तनको विषयमा एमाले अध्यक्ष ओलीसँग बार्गेनिङ गर्ने भण्डारी र साउद सभापति देउवानिकट नेता हुन् । गठबन्धन सरकारमा रहेका कांग्रेसका यिनै नेता (चन्द्र भण्डारी) प्रतिपक्षी दल एमालेले सुरु गरेको आन्दोलनमा किन होमिए ? सभापति देउवाले अहिले एमालेलाई साथ दिँदा दुई दलबीचको गठबन्धन भत्किनसक्छ भनेर भण्डारीलाई किन आन्दोलनमा जानबाट रोक्न सकेनन् ?
यसबाट के बुझ्न सकिन्छ भने कांग्रेस सभापति देउवा समेत राजनीतिक समिकरण परिवर्तन गर्ने मोडमा हुन सक्छन् । कांग्रेसले संशोधन प्रस्तावबारे आधिकारिक धाराणा बाहिर नल्याउनु पनि त्यसैको संकेत होकि भन्ने आशंका जन्माएको प्रस्ट देखिन्छ ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: