
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पाँच नम्बर प्रदेशका पहाड र तराईका जिल्ला टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध शुक्रबार तेस्रो दिन पनि बुटबलमा विशाल सभाको आयोजना गरिएको छ । बुटलमा भएको विशाल सभामा २०६२ २०६३ को जनआन्दोलनमा भन्दा बढी नागरिक सहभागी भएका छन् ।
प्रदेश नम्बर ५ सयुक्त संघर्ष समितिका नाममा प्रदेशका १२ वटै जिल्लाका एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, माले लगायतका दलको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।
सभालाई प्रमुख प्रतिपक्ष एमाले उपमहासचिव एंव रुपन्देही—४ का सांसद विष्णु पौडेल, सत्तारुढ माओवादी केन्द्रका संसदीय दलका उपनेता एंव अर्घाखाँची—२ का सांसद टोपबहादुर रायमाझी, कांग्रेस केन्द्रीय सदस्य एंव गुल्मी—२ का सांसद चन्द्र भण्डारी तथा एमाले नेताहरु घनश्याम भुसाल, प्रदीप ज्ञवाली र गोकर्ण विष्ट लगायतले सम्बोधन गरे ।

पाँच नम्बर प्रदेशको सीमांकन फेरबदलविरुद्ध कांग्रेस र माओवादीका नेताहरु एमालेसँग सहकार्य गर्न तराई पुगेका छन् ।
सरकारले दर्ता गरेको संविधान संशोधनको विपक्षमा नेताहरु रुपन्देहीमा जम्मा भएर आन्दोलनमा होमिएका छन् । आन्दोलनका लागि माओवादीका टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका चन्द्र भण्डारी एमालेका विष्णु पौडेल र घनश्याम भुषालसँगै छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सडक र संसदबाट आन्दोलन चर्काउने निर्णय नै गरिसकेको छ । यता सीमांकन फेरबदलमा नेकपा माओवादी केन्द्रका पाँच नम्बर प्रदेशका सांसद र नेपाली कांग्रेसका सांसदहरु पनि असन्तुष्ट छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्