×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको माग पुरा गर्न प्रधानमन्त्री प्रचण्ड तयार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एमालेको माग पुरा गर्न प्रधानमन्त्री प्रचण्ड तयार

Artha Sarokar

२५ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधन प्रस्ताव फिर्ता नलिइकन निकास खोज्न तयार रहेको बताएका छन् । प्रस्ताव अब सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले संसोधन प्रस्ताव फिर्ता नलिइकन एमालेको माग समेटिने उपाय खोज्न सभामुख ओनसरी घर्तीलाई सहयोग मागेका छन् ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले विवाद समाधान गर्न तयार रहेको तर एमालेले भनेअनुसार प्रस्ताव फिर्ता सम्भव नभएको बताए । मोर्चाकोसंविधान संसोधन प्रस्तावका कारण दलहरुबीच भइरहेको विवाद समाधानका लागि घर्तीले पहल जारी राखेकी छन् ।
त्यसै सिलसिलामा उनले बिहान प्रधानमन्त्री प्रचण्डसँग निकासका विषयमा छलफल गरेकी छन् । छलफलमा यसअघि प्रमुख प्रतिपक्ष दल र सत्ता साझेदार शेरबहादुर देउवासँग भएको छलफलका आधारमा प्रधानमन्त्रीसँग निकासको उपाय बारे छलफल गरेकी छन् । उनले, लचक भएर निकास खोज्न प्रस्ताव गरेको उनको सचिवालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी