×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड र देउवासँग बैठक बस्दै मधेसी मोर्चा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रचण्ड र देउवासँग बैठक बस्दै मधेसी मोर्चा

२९ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सडक र ससद अवरुद्ध गरेपछि मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।
संविधान संशोधन प्रस्ताव दर्ता भएको दुई साता वितिसक्दा समेत आफूहरुले अगाडि सारेको संविधान संशोधन प्रस्तावमाथिको परिमार्जन अगाडि बनढाएको भन्दै मोर्चाले प्रचण्ड र देउवासँग छलफल गर्न लागेको हो ।
प्रमुख तीन दल कांग्रेस एमाले र माओवादीका शीर्ष नेताबीच संविधान संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचन सम्बन्धी कानुनलाई पास गर्न प्रक्रिया अगाडि बढाउने भएको छलफलप्रति मधेसी मोर्चाले आपत्ति जनाएको छ ।
मोर्चाले सरकारले ल्याएको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडान सहित आज कांग्रेस सभपाति देउवासँग छलफल गर्न लागेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए । उनले भने,‘सरकार र दलहरुबीच अलमल देखियो, कांग्रेसको स्पष्ट धारणा बुझ्न देउवासँग छलफल गर्ने तयारीमा छौ ।’ मधेसी मोर्चाले छलफलको एजेण्डा तय गर्नको लागि आन्तरिक गृहकार्यमा जुटेको छ ।
मधेसी मोर्चाले सरकारले ल्याएको सीमाकंन सम्बन्धी प्रस्तावमा असमति जनाएको छ । मोर्चाले झापा मोरङ सुनसरी कैलाली र कञ्चनपुर जिल्लालाई पनि टुक्रयाउनु पर्ने शर्त अगाडि सारेको छ । संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने एमाले सहितका प्रतिपक्ष ७ दलले निर्णय गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: