×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले र माओवादी राजनितिक तिक्तता बढ्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एमाले र माओवादी राजनितिक तिक्तता बढ्दै

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सत्ता र प्रतिपक्षमा हरेका नेपालका दुई प्रमुख कम्युनिष्ट घटक एमाले र माओवादी केन्द्रबीच राजनीतिक तिक्तता बढ्दै गएका बेला दुवै पार्टीका युवा नेता भने एउटै कमिटीमा बसेका छन् ।
एमाले र माओवादी केन्द्रसहित विभिन्न कम्युनिष्ट घटकका युवा नेताले संयुक्त रुपमा कार्लमाक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समिति गठन गरेका हुन् । समितिको संयोजकमा एमाले उपमहासचिव घनश्याम भुसाल तथा सह–संयोजकमा सूचना तथा सञ्चारमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता सुरेन्द्र ९राम० कार्की छन् । राजधानीमा दुई दिनसम्म चलेको भेलाले बुधबार उक्त समिति गठन गरेको हो ।
६१ सदस्यीय समितिमा एमाले सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई, एमाले पोलिट्ब्युरो सदस्य प्रकाश ज्वाला, हिक्मत कार्की, बेदुराम भुसाल, ठाकुर गैरै, रामकुमारी झाँक्री, रचना खड्का, विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, वैजनाथ चौधरी छन् ।
यस्तै माओवादी केन्द्रका माओवादी केन्द्रका नेता वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, विश्वभक्त दुलाल, सत्या पहाडी, हेमराज भण्डारी, नरेन्द्रजंग पिटर र डीपी ढकाल, रुपा महर्जन लगायत छन् ।
भेलाले माक्र्सवादको अध्ययन र बहस गरी थप परिस्कृत गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: