×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झुटो विवरण बुझाउनेको पनि सीमा हुन्छ नि प्रचण्डज्यू !

PRIME CA
GLOBAL IME BANK

झुटो विवरण बुझाउनेको पनि सीमा हुन्छ नि प्रचण्डज्यू !

३० मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुमन केसी 

कहिलेकाहीं फेसबुकमा चुटकिला हेरेर हाँसिन्छ, हिजो त समाचार पढेरै हाँसीयो । रिस पनि उठ्यो । समाचार थियो, ‘सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।  प्रधानमन्त्रीले आफ्नो नाममा कुनै सम्पत्ति नरहेको जनाएका छन् । उनले पत्नि सीता दाहालको नाममा चितवनमा १ कठ्ठा जमिन र तीन तोला सुन रहेको उल्लेख गरेका छन् ।’ हिजो प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । तर सम्पत्ति विवरण यसरी आयो कि, कोहि जनताले पनि त्यसलाई सहजै पत्याएनन् ।  पत्याउन सक्ने स्थिति पनि थिएन । 
के प्रचण्डको सम्पत्ति यति नै हो त ? के उनले यत्रो बर्ष राजनीति गरेर कमाएको पैसा त्यति नै हो त ? अख्तियारमा थुप्रै पटक उजुरी परेका प्रचण्डले कति पनि पैसा कमाएका छैनन् त ? प्रश्न जति भएपनि जनताको मनमा एउटै प्रश्न छ, प्रचण्डले झुटो विवरण पेश गरे ।  उनले लगाएको घडी, उनको जीवन शैली, र उनलाई पटक पटक लागेको भ्रष्टाचारको आरोपलाइ हेर्ने हो भने पनि उनको यो सम्पत्ति विवरण गलत छ भन्ने भनाइ धेरैको छ ।
जनता बुझ्न चाहान्छन्, आखिर कति छ प्रचण्डको सम्पति ? के प्रधानमन्त्रीले जे भनेपनि पाइन्छ ? जस्तो विवरण बुझाउन पनि पाइन्छ ? यसबाट जनताले के सिक्ने ? कतिपय ठाउँमा जनताले सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ।  त्यो बेला के गर्ने ? जसले, जे भनेपनि हुने हो यो मुलुकमा ? जसले जस्तो खालको झुट बोले पनि हुने हो यो मुलुकमा ? के यसको छानविन हुनु पर्दैन ? जनतालाइ जति ढाँटे पनि हुन्छ ? सम्बन्धित सबैको ध्यान जाओस् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: