×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असहमतिका बिच संशोधन प्रस्ताव ल्याउनु गर्नु भनेको द्धन्द ल्याउनु हो : प्रदिप ज्ञवाली

GLOBAL IME BANK

असहमतिका बिच संशोधन प्रस्ताव ल्याउनु गर्नु भनेको द्धन्द ल्याउनु हो : प्रदिप ज्ञवाली

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – प्रमख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फेल भइसकेको बताएका छन् ।
दुई सय भन्दा बढी संसद्–सदस्यहरूले प्रस्तावको विपक्षमा छु भनिसकेको अवस्थामा विधेयकमा छलफल गर्नुको कुनै अर्थ नरहेको उनको दाबी छ ।
उनले भने असहमतिबीच संसद्मा संशोधन प्रस्ताव दर्ता गराउनु भनेको द्वन्द्व बढाउनु हो । “संविधान संशोधन प्रस्तावका विषयमा दलहरूबीच सहमति कायम हुन सकेको छैन, यस्तो अवस्थामा विधेयक टेबल गर्छु भन्नु दलहरूबीच तिक्तता र दूरी बढाउने काम मात्रै हो । यसले समाधान दिँदैन,” उनले भने । एक तिहाइ भन्दा बढी संसद्–सदस्यहरू विधेयकको विपक्षमा उभिइसकेकाले प्रस्ताव फिर्ता लिनु उचित हुने उनको तर्क थियो ।
त्यस्तै प्रमुख सचेतक भानुभक्त ढकालले भने “हामी विधेयक कुनै हालतमा अगाडि बढ्न दिँदैनौ । आवश्यक तयारीका विषयमा दलको बैठक बसेर निर्णय गर्छौ ।”
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: