×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिला प्रहरीलाई नै गोली, अहिले भने फूलमाला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पहिला प्रहरीलाई नै गोली, अहिले भने फूलमाला

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – गत वर्ष प्रहरी टोली मकवानपुरको नामटार पुग्दा स्थानीयले ढुङ्गामुढा मात्रै गरेनन्, गोली समेत चलाए । गाँजाखेती नष्ट गर्न गएका प्रहरीमाथि उनीहरुले नै आक्रमण गरेका थिए । तर अहिले त्यहीं गाउँमा प्रहरी पुग्दा स्थानीयले फूलमाला लगाएर प्रहरीको स्वागत गरेका छन् ।
पहिला गाँजाखेतीप्रति आकषिर्त नामटारका स्थानीय अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । र उनीहरु लागूऔषधविरुद्ध हुने कुनै पनि कार्यक्रम छुटाउँदैनन् ।
पहिला गाँजाखेती हुने उक्त गाउँको जग्गामा अहिले अदुवा खेती हुन थालेको छ । अदुवा खेतीबाट नामटारका स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् ।
यहाँको गाँजाखेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको थियो । अहिले भारतले पनि कडाई गरेका कारण गाँजा खेतीमा कमी आएको स्थानीय कालिका उच्च माविका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले वताए ।आजको नयाँ पत्रिका दैनिकमा समाचार  छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: