
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आफ्ना नेता कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै प्रमुख नेकपा एमाले र जनमोर्चा नेपालसहितका दलले बिहीबार कैलाली बन्द गराएका छन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले आफ्ना कार्यकर्तामाथि दमन गरेका भन्दै एमालेसहितका दलले बन्द आह्वान गरेका हुन् ।
बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रहरीले लामो दुरीका सवारी साधनलाई स्कर्टीङ गरेर जिल्ला सिमान कटाइरहेको छ । सरकारले पाँच नं। प्रदेश विभाजन गर्नेगरी गरेको संशोधन प्रस्तावको विरोधमा एमालेले देशभर प्रदर्शन गरिरहेको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम महोत्सवको उद्घाटनाका लागि सुदुर जाँदै गर्दै विरोध प्रदर्शन गर्न उत्रिएका एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
महोत्सवस्थल, सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदान बाहिर टायर बालेर प्रदर्शन गरिरहेका एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी, जिल्ला सचिव रणबहादुर चन्द, जिल्ला सचिवालय सदस्य यज्ञराज बास्तोला, युवासंघ नेपालका केन्द्रीय सदस्य मदनराज रेग्मी, अनेरास्ववियु कैलालीका अध्यक्ष चुडामणी भट्टसहितका ३६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
यसैबीच कैलाली र कञ्चनपुरलाई संविधान संशोधनमा छुटाएको विरोधमा थारुहटले शुक्रबार देखि बन्द आह्वान गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्