×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईजी बनाउँछु भन्दैं रकम असुल्दैं !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आईजी बनाउँछु भन्दैं रकम असुल्दैं !

२१ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं—प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई फाल्ने केही एआईजीहरुको ‘गेम’ असफल भएपछि नेपाल प्रहरीमा भावि आईजीपीका लागि डिआईजीहरुको ‘रेस’ सुरु भएको छ । आईजीपी नियुक्तिको ‘रेस’मा देशका ठूला दलालहरु समेत सक्रिय भएका छन् । 


अबको ठीक ७० दिनपछि प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकास पाउँदैछन् । सरकारले अनुमति दिए उनी एक महिना पहिले नै बिदामा बस्ने तयारीमा छन् । जसअनुसार अबको करिब एक महिनाको अवधिमा सरकारले नयाँ आईजीपी चयन गर्नुपर्ने हुन्छ । आईजीपी फेरिने अवधिसम्म प्रचण्ड नेतृत्वकै सरकार रहने देखिएको छ ।

जसकारण आईजीपीका दाबेदारहरु यतिबेला बालुवाटार धाउन ब्यस्त छन् । विभिन्न दलालहरुलाई लिएर डिआईजीहरु बालुवाटार धाउन ब्यस्त रहेको बालुवाटार स्रोत बताउँछ ।
डिआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी नेपाल प्रहरीको २५ औं आईजीपीका दाबेदार हुन् । पछिल्लो समय उनीहरुले कार्यलयमा भन्दा विभिन्न रेष्टुरेष्ट र नेताहरुको घरमा बढी समय बिताउन थालेको स्रोतको भनाइ छ ।

तेस्रो नम्बरमा रहेका डिआईजी चन्द कांग्रेस सभापति शेरबहादुर देउवासँग सुदूरपश्चिमको साइनो जोडेर आईजीपी हुने दाउमा छन् । यातायात मन्त्री रमेश लेखक उनका सबैभन्दा भरपर्दा नेता हुन् । लेखकमार्फत उनले देउवालाई रिझाएका छन् ।

पहिलो नम्बरमा हरेका डिआईजी सिलवालको पनि देउवासँग राम्रो सम्बन्ध छ । दोस्रो नम्बरका डिआईजी प्रकाश अर्यालको भने गृहमन्त्री विमलेन्द्र निधीसँग राम्रो सम्बन्ध छ । यद्यपी सिलवाल र चन्दले पनि निधिसँग सम्बन्ध विस्तार गरिसकेका छन् ।

आईजीपी नियक्तिमा विभिन्न दलालहरुले बालुवाटारमा चलखेल सुरु गरेका छन् । प्रचण्डलाई भेटाउन कोही माओवादी केन्द्रका नेताहरु सिलवाललाई त कोही चन्दलाई लिएर जाने गरेको स्रोत बताउँछ । प्रधानमन्त्री पुत्र प्रकाश दाहालले त एक डिआईजीलाई आईजी बनाइदिने भन्दैं आर्थिक सहयोग लिन थालिसकेका छन् ।

दोस्रो नम्बरमा रहेका डिआईजी अर्याललाई प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले सहयोग गरेको उच्च प्रहरी अधिकारी बताउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेपछि उनी केही निराश भएको बताइन्छ । कार्कीसँग उनको राम्रो सम्बन्ध थियो ।

चौथो नम्बरका डिआईजी बमबहादुर भण्डारी भने अन्य तीन डिआईजीको तुलनामा नेताहरुको कम चाकडीमा लागेका छन् । यद्यपी आफ्ना चिनजानका नेताहरु मार्फत उनले लबिङ भने गरिरहेका छन् । चारजना डिआईजीबीच यसपटक चर्को प्रतिस्पर्धा रहेकाले आईजीपी बढुवामा ठूलो आर्थिक चलखेल हुने आँकलन गरिएको छ । प्रधानमन्त्री र गृहमन्त्री पनि पैसाकै आधारमा निर्णय गर्ने प्रवृत्तिका ब्यक्ति भएकाले आईजीपीको बढुवाको खेलमा दलालहरुले चलखेल गर्ने मौका पाएका हुन् । आईजीपी बढुवामा केहीले त विदेशी दूतावासका अधिकारीहरुमार्फत समेत लबिङ गर्न थालेको स्रोत बताउँछ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी