
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संविधान संसोधन प्रस्ताव निष्क्रिय बनाएर चुनाव गर्ने प्रमुख तीन दलबीच भएको सहमतिप्रति मधेशी मोर्चाले आपत्ति जनाएको छ। मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले पटक पटक कुरा फेरिरहेको भन्दै पेलेर जान खोजे मुठभेड निम्तिने चेतावनी दिए। थाहा संचार नेटवर्कसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरुको माग सम्बोधन नगरी चुनाव घोषणा भए पहिलेको भन्दा सशक्त आन्दोलन गर्ने बताए।
संविधान संसोधन नगरी चुनाव गरेर देखाउन पनि उनले प्रमुख दललाई चुनौती दिए। अब सरकारसँग वार्ताको औचित्य लगभग सकिएको भन्दै अध्यक्ष यादवले मोर्चा आन्दोलनको तयारीमा जुट्ने बताए। मोर्चाको अर्को घटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रमुख तीन दलबीच बाहिर आएजस्तै सहमति भएको हो भने देश द्वन्द्वमा जाने बताए। मोर्चालाई विश्वासमा नलिइकन चुनाव हुन नसक्ने भन्दै उनले प्रमुख दलले जानाजान मुठभेड निम्त्याउन खोजेको टिप्पणी गरे।
प्रमुख तीन दलबीच चुनावका विषयमा भएको भनिएको सहमति सरकार परिवर्तनका लागि कांग्रेसको षड्यन्त्र पनि हुन सक्ने उनको भनाइ छ। सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले संसोधन फिर्ता लिएर वा निश्कृय बनाएर चुनाव हुन नसक्ने बताए। ‘एमालेले संविधान संसोधन मान्ने र हामी पनि चुनावमा जाने हुनसक्छु, सुमनले भने होइन भने तराइका २२ जिल्लामा चुनाव गराउने कसैको ताकत छैन।’ उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्र सिराहामा चुनाव गराएर देखाउन चुनौती पनि दिए।
मंगलबार प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संसदमा दर्ता भएको संसोधन विधयेक निष्क्रिय बनाएर बैशाख पहिलो साताभित्र स्थानीय निकायको निर्वाचन गर्ने समझदारी भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्