
काठमाडौं – पुरानै गाउविकास समितिलाई आधार मानेर स्थानीय निकायको निर्वाचन गर्ने तयारी शिर्ष दलहरुले गरिरहेका बेला स्थानीय निकाय पुनसंरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।
आयोगले ७६५ स्थानीय तहको निर्धारण गर्दै सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको सदस्य सुनिलरंजन सिंहले बताए । ‘समय अवधि भन्दा दुई महिना अघि नै हामीले प्रारम्भीक काम सकेका छौ’ सिंहले भने ‘एक दुई दिनभित्रै मै प्रतिवेदन बुझाउँछौ ।’
आयोगले १५ सय पेज लामो प्रतिबेदन तयार पारेको छ । तयार पारेको प्रतिवेदन बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समय पनि माग सकेको छ । तर प्रधानमन्त्री कार्यालयले समय निर्धारण गरिनसकेको सिंहले बताए ।
भौगलिक, जनसंख्या र इलाकालाई आधार मानेर आयोगले स्थानीय तहको संरचना तयार पारेको छ । आयोगले प्रतिवेदन बुझाएपछि स्थानीय निकाय निर्वाचनको बाटो खुल्ने छ । तर दलहरु आयोगको भन्दा पुरानै संरचना अनुसार निर्वाचनमा जाने गरी सहमति गरिसकेका छन् ।
आयोगले सवै जिल्ला र तहमा छलफल गरि प्रतिवेदन तयार पारेको छ । तराईका केही जिल्लामा छलफल हुन नसकेपछि आयोग आफैले टुंग्याएको छ । टुंग्याइएका सवै क्षेत्रको सीमा र नामाकरण पनि गरिदिएको सिंहले बताए ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्