
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – उद्योग वाणिज्य संघ धनगडीले आयोजना गरेको सूदुरपश्चिम महोत्सवको उद्घाटनमा प्रधानमन्त्री प्रचण्डलाई १६ किलोको माला लगाएर स्वगत गरेको छन् ।
अघिल्लोपटक प्रधानमन्त्री हुँदा प्रचण्डलाई आयेजकले २१ किलोको माला लगाईदिएका थिए । ५ वटा माग पुरा भएकोले ५ किलो घटाएर १६ किलो माला लगाएका आयोजकले बताएको छ ।
प्रचण्डले सम्बोधन गर्ने क्रममा फेरि तेस्रोपटक प्रधानमन्त्री बनाइदिए यसरी मालाको भारी बोक्नु नपर्ने बताएका छन् । अघिल्लो पटक २१ किलाको मालाको भारी बोक्नु परेको थियो अहिले घटेर १६ किलो भएछ । अर्को पटक प्रधानमन्त्री भएपछि यसरी मालाको भारी लगाउनै नपर्ने उनले बताएका छौ ।
आयोजक सिमितिले सूदुरपश्चिमबासीको तर्फबाट प्रधानमन्त्रीलाई १० वर्षसम्म ट्याक्स फ्री जोन घोषणा, विशेष औद्योगिक क्षेत्र, गेटा विमानस्थललाई वैकल्पिक अन्तराष्टिय विमानस्थल लागाएतमा १६ बुँदे मागपत्र पेश गरेका छन् ।
उनले सुदुरपश्चिमको विकासका लागि आफुले पटक–पटक पहल गरिरहेको र नयाँ नेपालको निमार्ण पनि सुदुरपश्चिम बाटै हुनु पर्ने बताएका छन् ।
सुदुरपश्चिमको विकासको लागि चीनसँग मिलेर काम गर्ने, खप्तड क्षेत्रका पर्यटन व्यसायीलाई लगानीको वातावरण बनाउने र कैलालीमा गहुँको सुपर जोन स्थापनको पहल गर्ने बताएक छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्