
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपालका विभिन्न टेलिभिजन, अनलाइन तथा रेडियोमार्फत प्रशारणमा आएका सामग्रीहरुको अब रेकर्ड राखिने भएको छ। प्रेस काउन्सिल नेपालले करिब डेढ करोड रुपैयाँ खर्च गरेर अनलाइन अनुगमन गर्नसक्ने उच्च प्रविधिको मेसिन नेपालमा ल्याएको छ।
अब रेडियो, अनलाइन तथा टेलिभिजनबाट प्रशारणमा आएका सबै श्रव्य(दृश्य सामग्री प्रेस काउन्सिलको रेकर्डमा हुनेछन्। काउन्सिलका सुचना अधिकारी दीपक खनाल भन्छन्, यो उच्च प्रविधि मेसिन ल्याउनुको उद्देश्य आचारसंहिता उल्लङ्घनको घटनामा कमी ल्याउनु हो,ु उनले भने ,ुप्रेस काउन्सिलले यसअघि पुरानो प्रविधिको प्रयोग गरेर २०७२ माघ १ गतेदेखि विद्युतीय माध्यम रेडियो, टिभी, अनलाइनको अनुगमन गर्दै आएको थियो।
यसलाई थप प्रभावकारी बनाउन एक महिनादेखि नयाँ माध्यमबाट अनुगमन थालेका छौं।ु उनले यो प्रविधिबाट तत्कालका लागि १६ टेलिभिजन, २ सय अनलाइन एफएम र ५ सयवटा अनलाइनको अनुगमन गरिने जानकारी दिए।ु२४ सै घन्टा प्रशारणमा आएका सामग्रीहरुको अभिलेख राखिनेछ,ु उनले भने।
यसअघि काउन्सिलले यस प्रविधि प्रयोगमा नल्याउँदा विद्युतीय सञ्चारमाध्यमको सबै रेकर्ड राख्न संभव थिएन। समाचारको विषयलाई लिएर कसैले उजुरी गरेमा प्रमाण नभेटिने समस्या पटक(पटक देखिएको थियो। ुपहिला उजुरी आएता पनि अडियो नहुनाले र भएपनि अनुगमन समय लामो लिने भएकाले समस्या आउने गरेको थियो। तर यो प्रविधि आएसँगै डाटा आफैसँगै रहने भएकाले अनुगमन छिटो,सहज र प्रभावकारी हुनेछ, खनालले भने।
उनले यस डाटालाई प्रेस काउन्सिलले नियमित अनुगमन गर्ने बताए। समाचारका विषयमा उजुरी आउँदा मात्रै होइन। समाचार अनुगमन गर्दा आचार संहिता उल्लंङघन गरेको पाइएमा तुरुन्तै कारबाही अगाडी बढाउनेछौ खानल भन्छन्, डाटा नेपाल प्रेस काउन्सिलको कार्यलयमा रहने भएकाले अनियन्त्रित रुपमा आचारसंहिता मिचेर समाचार प्रशारण गर्ने हरेक संचारमाध्यमलाई कारबाहीको दायरामा ल्याउँछौं।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्