
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – स्वास्थ्य मन्त्रालयले शुक्रबार अर्थात् पुष १ गतेदेखी लागू हुनेगरी निजी स्वास्थ्य संस्थामा पनि १० प्रतिशतलाई निशुल्क उपचार सेवा प्रदान गर्न आह्वान गरेको छ। मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सहकारी तथा सामुदायीक अस्पतालहरू, शिक्षक अस्पतालहरू र नर्सिङ होमहरूले आफ्नो अस्पतालमा रहेको कुल शैय्यामध्ये १० प्रतिशत शैय्यामा विपन्न, अहसाय, जेष्ठ नागरिक, वेवारिसे, अपाङ्गता भएका र एकल महिलालाई निशूल्क उपचार सेवा प्रदान गर्न आग्रह गरेको छ।
निशुल्क उपचार सेवा लिनका लागि सम्बन्धित गाविस, नगरपालिका, जिविस, जिल्ला प्रशासन कार्यालय, वीर अस्पताल, स्वास्थ्य मन्त्रालय वा जिल्ला जनस्वास्थ्य कार्यालयमध्ये एकको सिफारिस अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्री गगन कुमार थापाको निर्देशनमा निजी अस्पतालहरुलाई पुष १ गतेदेखि नै निशुल्क शैय्याको उपचार सेवा प्रदान गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्री थापाका प्रेस सहयोगी जीवन भण्डारीले जनाकारी दिएका छन्।
उनका अनुसार उक्त व्यवस्था दुरुपयोग हुन नदिनका लागि अस्पतालहरुले निशुल्क सेवा दिइएका बिरामीको विवरण अस्पतालमा टास्न समेत निर्देशन दिइएको छ। यसरी निशूल्क उपचार प्राप्त गरेकाहरुको विवरण सबै अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग वा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखामा मासिक रुपमा पठाउन निर्देशन दिइएको भण्डारीले जानकारी दिए। उक्त प्रावधानको कार्यान्वयन भएरनभएको विषयमा अनुगमन तथा नियमन गरिने पनि मन्त्रालयले जनाएको छ।
निशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन नभएको पाइएमा जिल्ला जनस्वास्थ्य कार्यालय वा क्षेत्रीय स्वास्थ्य निर्देशनालय वा स्वास्थ्य सेवा विभाग वा स्वास्थ्य मन्त्रालयमा जानकारी दिन पनि मन्त्रालयले सबैलाई आग्रह गरेको छ। निजी अस्पतालहरुको संगठन अफिनले पनि अस्पतालमा उपलब्ध चिकित्सकीय परामर्श सेवा, डाईग्नोष्टिक सेवा, प्रयोगशाला, अक्सिजन, नर्सिङ् सेवा, सबै प्रकारका शैया लगायतका सेवा निशुल्क उपलव्ध गराउन मन्त्रालयसँग सहमति गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्