
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – स्थानीय निर्वाचन गराउन प्रमुख तीन राजनीतिक दल सहमत भएका छन्। सत्ता गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बुधबार निर्वाचन गर्ने सहमित जुटेको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा स्थानीय निकाय वा तह जुनमा दलहरुबीच सहमति हुन्छ त्यसैमा निर्वाचन गराउने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
स्थानिय तह पुनर्संरचना आयोगले समेत प्रतिवेदन तयार भएको अवस्थामा निर्वाचन गराउनुपर्ने कुरामा हामीहरु सबै सहमत भएका छौुं, उनले भने पुरानो संरचना स्थानिय निकाय र नयाँ संरचना स्थानीय तह जुनमा राजनीतिक दलहरु सहमत हुनसक्छौं, त्यसैमा निर्वाचन गर्ने सहमति बनेको छ।
निर्वाचन गर्ने कुरामा तीनवटै पार्टीको एकमत भएपनि तह या निकाय भन्ने विषय अझै टुंगो नलागेको उनले बताए। कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले निर्वाचन गराउन सहमत भइसकेपछि संसद बैठक खुलाउनका लागि बैठकमा एमालेसँग आग्रह गरेका थिए। उनले निर्वाचनसम्बन्धि विधेयकहरु पास गर्नको लागि पनि संसद खुलाउनुपर्ने बताएका थिए।
तर, एमाले नेताहरुले सरकारले संविधान संशोधनको प्रस्ताव फिर्ता लिई निर्वाचनसम्बन्धि विधेयकहरु मात्र कार्यसूचिमा ल्याउनुपर्ने अडान राखे। उनीहरुले सरकारको गतिविधिले राजनीतिक ध्रुवीकरण बढ्दै गएको बताए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्