Skip to content
LAXMI SUNRISE BANK

पुनर्निर्माणका प्राविधिकलाई ७५ प्रतिशतसम्म भत्ता

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – पुनर्निर्माणमा खटिने प्राविधिक तथा इन्जिनियरहरुलाई ७५ प्रतिशतसम्म भत्ता दिने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले सदरमुकामसम्म जाने प्राविधिक तथा इन्जिनियरलाई ५० प्रतिशत र गाउँसम्म जानेलाई तलबको ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो।
स्याटेलाइट लिएबापत नेपालले आइक्यु नामक कम्पनीलाई ६३ हजार ७ सय स्वीस फ्रेन्क तिर्ने निर्णय पनि बैठकले गरेको छ। उक्त कम्पनीलाई नवीकरण बापत ६ वर्षदेखि नेपालले पैसा तिरेको थिएन।
माथिल्लो त्रिशूली आयोजनाको ड्याममा भूकम्पपछि पहिरोले क्षति पुर्‍याएकोमा सो पुनर्निर्माणका लागि ६१ करोड १८ लाख उपलब्ध गराउने पनि आजको क्याबिनेटले निर्णय गरेको छ।
यस्तै पोखराको खानेपानी सुधारका लागि ४ अर्ब ४३ करोड दिइने र एडिबीले दिन लागेको १२ करोड अनुदान सहायता स्वीकार गर्ने पनि बैठकको निर्णय छ। एडिबीको सो रकम शिक्षा र सिटिइभिटीका लागि खर्च गर्ने सरकारी तयारी छ।बैठकले नोवलकिशोर यादव र संगीता खड्कालाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरेको छ भने प्रमुख सेनानी रवीन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ।
विभिन्न कारखानामा काम गर्ने मजदुरको स्वास्थ्यलाई ध्यान दिँदै ध्वनि सिस्टमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनेबारे पनि निर्णय भएको छ। आजैको मन्त्रिपरिषद बैठकले इन्जनियनिरिङ अध्ययनमा थप केही विधा सञ्चालन गर्ने पनि निर्णय गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK