
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पर्यटन क्षेत्रमा पत्रकारितामार्फत उल्लेखनीय योगदान दिएको भन्दै आर्थिक पत्रकार रामेश्वर कार्की सम्मानित भएका छन् । अर्थतन्त्र डटकमका प्रधान सम्पादक समेत रहेका कार्की नाट्टा अवार्ड –२०१६ बाट सम्मानित भएका हुन् ।
शुक्रबार काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले हरेक वर्ष पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस वर्ष अनलाईनतर्फ (अर्थतन्त्र डटकम) कार्कीलाई प्रदान गरिएको हो । नाट्टाको स्वर्ण जयन्ती तथा २१ औं सम्मेलनको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नगद सहित अवार्ड हस्तान्तरण गरेका हुन् ।
सोही अवार्डबाट नागरिक दैनिकका पोखरा रिपोर्टर सन्तोष पोखरेल, एबिसी टेलिभिजन र अर्थ र व्यापारका नवीन काफ्ले पनि सम्मानित भएका छन् । कार्यक्रममा नाट्टालाई सहयोग पुर्याउने विभिन्न व्यक्तित्व एवं पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्