×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले नेतृ झाँक्रीले प्रचण्डलाई ‘थुइक्क साला’ भनेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एमाले नेतृ झाँक्रीले प्रचण्डलाई ‘थुइक्क साला’ भनेपछि…

Artha Sarokar

१६ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एमाले नेतृ रामकुमारी झाँक्रीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध आक्रोश पोखेकी छन् ।
झाँक्रीले राजनीतिक व्यक्तिले प्रयोग गर्न नहुने तल्लोस्तरको शब्द प्रयोग गर्दै संविधान संशोधन विधेयक अघि सार्नेमाथि गालीगलौज गरेकी छन् ।
कसैको नाम उल्लेख नगरे पनि उनको संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर छ । ‘थुइक्क साला यस्तो पनि प्रदेश हुन्छ ? साला संघीयता प्रशासनिक सुगमताका लागि हो कि ? त्यसका बाउलाई रिझाउन हो ?’ झाँक्रीले ट्वीटमा लेखेकी छन् । बाउ भनेर उनले दक्षिण छिमेकी भारतलाई इँगित गर्न खोजेकी छन् ।
एमालेले भारतको निर्देशनमा मुलुक टुक्रयाउने अभिप्रायले संशोधन प्रस्ताव ल्याएको भन्दै त्यसलाई असफल पार्न सडक र सदनबाट आन्दोलन घोषणा गरिसकेको छ । खास गरी पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाएर चार नम्बरमा मिलाउने प्रस्तावको विरुद्ध एमाले छ । 
  • काठमाण्डु टुडे
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी