×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनतालाई मान्य नभएको प्रस्ताव सफल हुदैन : कांग्रेस नेता महत

GLOBAL IME BANK

जनतालाई मान्य नभएको प्रस्ताव सफल हुदैन : कांग्रेस नेता महत

१ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले जनतालाई मान्य नभएको कुनै पनि प्रस्ताव सफल नहुने बताएका छन् ।  नेता महतले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा जनताको असन्तुष्टी रहेको बताउँदै विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि संसदको अवरोध अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

उनले संसद बैठक अवरोध नगर्न विपक्ष एमालेसहितका दलहरुलाई आग्रह पनि गरेका छन् ।  उनले संसदमा दर्ता भएको संशोधन विधेयक असफल बनाउने अधिकार विपक्ष दलहरुलाई रहेको समेत बताए। उनले संविधान कार्यान्वयनका लागि दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको समेत स्पष्ट पारे ।

 पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले राजनीतिक खिचातानीकै कारण मुलुक आर्थिक रुपमा कमजोर बन्दै गएको पनि स्विकार गरे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: