×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघीयताले गर्दा राजनीतिक यात्रा कठिन भएको छ : रामशरण महत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संघीयताले गर्दा राजनीतिक यात्रा कठिन भएको छ : रामशरण महत

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा।रामशरण महतले संघीयता कठिन राजनीतिक यात्रा भएको बताएका छन् ।
नेपाली काँग्रेस सुन्दरबजार वडा नं ४ ले आयोजना गरेको ‘ज्येष्ठनागरिकलाई सम्मान, यूवालाई प्रोत्साहन’ बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले भने(‘संघीयता सजिलो राजनीतिक यात्रा छैन । भावनामा बगेर ल्याएको संघीयता कसरी कार्यान्वयन हुन्छ रु’
नेता महतले संघीयताको आर्थिक भार मुलुकले धान्न नसक्ने बताउँदै केन्द्रहरुको निर्धारण आर्थिक मुद्धालाई हेरेर गर्नुपर्नेमा जोडदिए । कार्यक्रम पश्चात सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै नेता महतले तीनवटा निकायको निर्वाचन तत्कालै हुन नसक्ने पनि बताए ।
‘तीनवटा निर्वाचन तत्कालै हुन सक्दैन’ उनले भने–’पहिलो ‘फेजमा’ स्थानीय निकायको गरौं, त्यसपछि दोस्रो ‘फेजमा’ प्रान्तीय र केन्द्रीय चुनाव गरौं ।’
नेता महतले संविधान संशोधनको बिषयमा एमालेले अलोकतान्त्रिक छबि देखाएको आरोप लगाए । संविधान संशोधन संसदबाटै समाधान निकाल्ने विषय भएको भन्दै महतले सदन अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक अभ्यास गरेको आरोप लगाए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: