
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारले तेस्रो पटक संविधान संशोधन गर्नेगरि मधेसी मोर्चासँग सहमति खोजिने भएको छ । भारतीय राजदुत रञ्जित रेको प्रस्तावमा र मध्यस्थतामा मोर्चाका बाँकी माग अर्को सरकारले पुरा गर्ने गरि सहमति खोजीन लागेको उच्चस्रोतले दावी गरेको छ । तर मोर्चाका नेताहरुले त्यसलाई लिखित प्रतिवद्धताका रुपमा आउनुपर्ने भन्दै अडान लिएपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
मोर्चाको प्रतिष्ठाका लागि अहिलेको संसोधन प्रस्तावमा सामान्य परिमार्जन गर्ने र बाँकी संसोधन पछि बन्ने देउवा नेृत्वको सरकारले पुरा गर्नेमा मध्यमार्गी बाटो खोजिएको छ । भारतीय राजदुत रेको प्रस्तावमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका छन् । तर सभापति देउवाले अहिले नै हस्ताक्षर गर्न नसकिने बताएका छन् । शनिबार भारतीय दुतावासमा भएको मोर्चासँगको छलफलपछि साँझ प्रधानमन्त्रीको सरकारी निवासमा गोप्य छलफल भएको थियो ।
शनिबारको छलफललाई मूर्त रुपमा दिन आइतबार भारतीय राजदुत रेले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई टेलिफोन गरेका थिए । मोर्चाका एक नेताका अनु्सार मधेसी मोर्चा भारतीय राजदुतको प्रस्तावमा सकारात्मक भए पनि विश्वासीलो आधार खोजीरहेको छ । ‘सरकारका तर्फबाट किस्ताबन्दीमा संशोधन गर्ने प्रस्ताव आएको छ’ मोर्चाका एक नेताले नेपालपाटीलाई भने, ‘भारतीय राजदुतको सल्लाहमा आएको त्यो प्रस्तावमा हामीले लिखित प्रतिवद्धता खोजेको छौ, अहिले नै सहीछाप गर्न देउवाजीले मान्नुभएको छैन ।’
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने उदारो कुरा मान्न नसकिने बताए । ‘जहाँबाट प्रस्ताव आएपछि अहिले नै पुरा हुन्छ भने हामी सहमतिमा जान्छौ नत्र हामीलाई विश्वास छैन’ महतोले भने । स्रोतका अनुसार भारतीय पक्षबाट अहिलेको गठबन्धनलाई आगामी चुनावसम्म कायम राख्ने प्रयत्न भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्