×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्रपाले सक्यो ७० जिल्ला एकीकरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राप्रपाले सक्यो ७० जिल्ला एकीकरण

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ । सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो ।
गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिएको भए पनि प्राविधिक कारणले निर्धारित समयमा एकीकरण प्रक्रिया पूरा गर्न नसकिएको पार्टीका महामन्त्री टङ्क ढकालले जानकारी दिए ।
विभिन्न १२ जिल्लामा दुई पार्टीका बीचमा कसले नेतृत्व लिने भन्नेबारेमा विवाद समेत भएको थियो ।
त्यस्ता विवादित जिल्लामा महाधिवेशनको समय अवधिसम्म आलोपालो गरी दुवै पक्षबाट नेतृत्व लिने समझदारी कायम भएको छ ।
पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा समेत सुरु गरिसकेको छ । गत मङ्सिर ३० गतेदेखि यही पुस १८ गतेसम्म बैठक तथा सभा जारी रहने पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिए ।
अब करिब एक साताभित्र एकीकरण सम्पन्न गरी महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायत आवश्यक अन्य तयारी गरिनेछ । आगामी फागुनमा महाधिवेशन गर्नका लागि निर्णय भइसकेको छ ।
मुलुकको चौथो शक्तिका रुपमा स्थापित सो पार्टीमा अहिले ३७ सांसद छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: