Skip to content
LAXMI SUNRISE BANK

संशोधन प्रस्तावमा सघाउन राप्रपाले राख्यो यस्तो सर्त

अर्थ सरोकार

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावमा सघाउन ‘हिन्दू धर्म स्थापना’लाई सर्त बनाउने भएको छ ।
संसदीय दलको शुक्रबार बसेको बैठकले संशोधन प्रस्ताव परिमार्जन गरी ‘हिन्दू धर्मको स्थापना’ थप्न दबाब दिने निर्णय गरेको हो । सत्तामा रहेको राप्रपाले सत्ता गठबन्धन वा प्रतिपक्षी जसले संशोधन प्रस्तावमा ‘हिन्दू धर्म स्थापना’ राख्न साथ दिन्छ, उसैको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी स्रोतले दिएको छ ।
‘संशोधन राखेर भए पनि हिन्दू धर्म स्थापनामा विशेष पहल गर्ने निष्कर्षका साथ गृहकार्य गरिरहेका छौं’, स्रोतले भन्यो । ‘हामी सत्तापक्ष भए पनि संशोधन प्रस्तावमा हाम्रो रिजर्भेसन छ । यो प्रस्तावमा अपनत्व स्वीकादैनौं’, संसदीय दलका नेता कमल थापालाई उदृत गर्दै एक नेताले भने, ‘जसले हिन्दू धर्मका लागि आफ्नो पार्टीले राखेको प्रस्ताव स्वीकार्छ, त्यसैको पक्षमा मतदान गर्नेछौं ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK