Skip to content
LAXMI SUNRISE BANK

बंगलादेशको एयरलाइन्स रिजेन्टले बुधवारदेखि ढाका काठमाडौं उडान गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – बंगलादेशको एयरलाइन्सले रिजेन्ट एयरवेजले बुधवारदेखि ढाका काठमाडौं उडान सुरु गर्ने भएको छ। सन् २०१०मा स्थापना भएको रिजेन्टले छोटो समयमै विश्वका विभिन्न देशमा उडान भर्ने क्रममा नेपालमा उडान सुरु गर्न लागेको हो। 
एयरलाइन्सले आफ्नो वेवसाइटमा समेत भनेको छ, हामी पुस ६गतेदेखि ढाका(काठमाडौं उडान घोषणा गर्न पाउँदा  गौरवान्वित छौ। रिजेन्टको नेपालको जनरल सेल्स एजेन्ट९जिएसए० हार्भेस्ट मुन समूह छ। हार्भेस्ट मुन ट्राभल हुँदै यो समूहले एयरलाइन्सको जिएसए समेत लिन सफल भएको छ। समूहका अध्यक्ष राम श्रेष्ठ हुन्।
रिजेन्टले नेपालमा सोमबार, बुधवार र शनिबार नेपालमा उडान भर्नेछ। ढाकाबाट तीन बजे उडान भर्ने रिजेन्ट नेपालमा सवा चार बजे अवतरण गर्ने कम्पनीले जनाएको छ। त्यही जहाज  सवा पाँच बजे ढाका पुग्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौं(ढाका एकतर्फी उडानकालागि १० हजार २ सय १ रुपैयाँ र दुर्इतर्फी उडानकालागि १८ हजार ९ सय हवार्इ भाडा तोकेको छ। रिजेन्टको नेपाल पाँचौ अन्तर्राष्ट्रिय उडान हो।
रिजेन्टले मलेसिया, बैंकक, सिंगापुर र ओमानमा उडान गरिरहेको छ।रिजेन्टले सन् २०१७मा दोहा,कतार र चीनको ग्वान्जाउ उडान गर्दैछ। यो एयरलाइन्सले नेपालबाट ढाकामा ट्रान्जिट गरेर मलेसिया, सिंगापुर र ओमानसम्म उडान गर्ने योजना बनाएको छ।
एयरलाइन्सका सिर्इओ फजल अकबरले सिंगापुर,थार्इल्याण्ड र मलेसियामा रहेका नेपालीलार्इ ढाकामा ट्रान्जिट गरेर उडान भर्ने अवसर पाएको बताए। मलेसियामा सात लाखभन्दा बढी नेपाली छन्। एयरलाइन्सले ढाकाभन्दा पनि प्रमुख श्रम गन्तब्यलार्इ लक्षित गरेर नेपालमा उडान गरेको हो। एयरलाइन्सले कतार र दोहामा समेत सन् २०१७सम्म उडान गर्दैछ। यो दुर्इ गन्तब्यमा समेत धेरै नेपाली छन्
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK