Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डबाट विरक्तिएकी रेखा थापा कमल थापाको शरणमा

अर्थ सरोकार

कहिले प्रचण्डसँग कम्मर मर्काइ मर्काइ लालुपाते नुग्यो दुईतिरमा नाचेर,तक हिले वाइसियलका सागर थापालाई भाइटिका लगाएर चर्चामा आइन ।
पछिल्लो संविधानसभा निर्वाचनमा अभिनेत्री थापालाई माओवादीले प्रत्यक्ष निर्वाचनमा टिकट दिने तयारी गरेको र उनको नाम मतदाता नामावलीमा नभएकाले कानुनी अड्चन खडा भएको सामाचार बाहिर आएका थिए। पछि एक अन्तर्वार्तामा अभिनेत्री थापाले यो कुरा स्विकार्दै, ‘ पार्टीले टिकट दिए पनि या नदिए पनि आफू जनपक्षीय पार्टीप्रति प्रतिवद्ध भएको’ वताएकी थिईन् ।
अघिल्लो संविधानसभाको चुनावमा एमाओवादीबाट उम्मेद्धार बनाउने आश्वासन त पाइन,तर त्यो सपना सपनैमा सिमित रह्यो । माओवादीबाट विरक्तिएकी रेखा थापा आजै एक औपचारिक कार्यक्रमकाबीच राप्रपा पार्टीमा प्रवेश गर्ने भएकी छिन ।
राप्रपा र राप्रपा नेपाल एकिकरण भए लगत्तै सो पार्टीमा प्रवेश गरेकी गायिका तथा कलाकर्मी कोमल वलीले फेसबुक मार्फत ‘नेपालकी नम्बर वन नायिका थापा अन्ततः राप्रपामा प्रवेश गर्ने’ जानकारी गराएकी हुन । वलीले भनेकी छिन् ‘ सोमबार अभिनेत्री थापा पार्टी प्रवेश गर्ने कार्यक्रम छ।’ नेता थापाले अभिनेत्री रेखालाई यथोचित रुपमा सम्मानजनक स्थान दिने बचन दिएको स्रोतको भनाइ छ।
  • एस काठमाडौं 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK