×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म मर्दा राप्रपा पार्टीको झण्डा ओडेर मर्न चाहन्छु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

म मर्दा राप्रपा पार्टीको झण्डा ओडेर मर्न चाहन्छु

२७ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हरेकको मानसपटलमा प्रश्न वाचक चिन्ह उठेको छ । अकस्मात यो के भयो ? तर मेरो चलचित्रको पृष्ठभूमीलाई हेर्ने हो भने उत्तर दिइराख्नु पर्दैन । विगत देखि वर्तमानसम्मका हरेक चलचित्र हिन्दुधर्मप्रति आस्था र भक्ति राख्ने चलचित्र निर्माण गर्दै आएको छु । चाहे दुर्गा,काली होस या रामप्यारी । देवीको रुपमा पटक पटक मैले आवाज उठाइरहन्थे । तर दर्शकलाई त्यो पाच्य भएन ।
समाजसेवाका रुपमा सक्रिय रहँदा उहाँहरुमा म प्रति आशा,भरोसा थियो । म हिन्दुनारी हुँ । राष्ट्रवादी हुँ । यो नै मेरो घर थियो । यो नै मेरो घर थियो । विचारसँग सहमत थिए तर पार्टी फरक थियो । मन्दिरमा जाँदा मलाई ढोगी भन्थे । माओवादी भएर पनि मन्दिरमा आई,धर्म कर्ममा लागि भन्थे ।
एक पटक जनलहर आयो । जनताको खुशीका लागि म पनि सोही जनलहरसँगै होमिए । देशमा परिवर्तन आँउछ भनेर । टिकट दियो । तै पनि उम्मेद्धार हुन नपाउनु मेरो भाग्य भयो । म राप्रपा पार्टीमा भए । रेखा थापा कहिल्यै अवसरवादी होइन । यो नै मेरो पहिलो र अन्तिम पार्टी हो । मैले माओवादी पार्टीको सदस्यता कहिलयै लिएको थिइन । मैले कुनै लोभ लालचले राप्रपा पार्टी चयन गरेको होइन । केवल आत्मसन्तृष्टीका लागि यो पार्टी रोजेको हुँ ।
मलाई यो पार्टीमा लागेर आमूल परिवर्तन गर्छु भन्न त लाज हुन्छ । यो देश कमल थापा र रेखा थापाको मात्र देश होइन । आज मेरो मन हर्षित छ । अब म मर्दा नेपाल र राप्रपा पार्टीको झण्डा ओडेर मर्न चाहन्छु ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: