Skip to content
LAXMI SUNRISE BANK

बजार रहेन हामी रहन्छौं ! नत्र हामी हरुवा कहन्छौं !

अर्थ सरोकार

धेरै समयपछी आज गर्वले छाती चौडा भएको छ । खुशीको सिमानै छैन आज ! छोटे लाल रौनियार, तारा प्रसाद पौडेल, ऋषि राम गौतमज्युहरु लगायत अन्य धेरैभन्दा धेरै मित्रहरुलाई हातमा प्लेकार्ड लिएर लगानीकर्ताको पक्षमा आवाज उठाउँदै गरेको तश्बिर बिभिन्न मिडियामा देख्दा आँखाबाट हर्षको आँशुनै बर्सियो ! बिषेशत आन्दोलनमा सहभागी महिला लगानिकर्ता मित्रहरुप्रती मेरो विशेष सम्मान छ ।
गज्जबको कुरा त एउटा फोटोमा पूर्वलगानीकर्ता नाईके तथा अहिलेका नेप्से प्रमुख सीताराम थपलियाज्यु स्वयंलेनै आन्दोलनको नेतृत्व गरेजस्तो देखिन्थ्यो! आजै लामो समय देखी विचाराधीन रहेको अनलाईन ट्रेडिङ सम्बन्धी मुद्धाले पनि किनारा पायोरे भन्ने खबर सुनियो बिभिन्न मिडियाबाट । हिजो र आज समय फरक छ, हाम्रो सोच फरक छ । बिचार अभिव्यक्त गर्ने शैली फरक छ, त्यही भएरत सत्यको जित सुनिश्चित छ !
आम लगानिकार्ताको तर्फबाट मैदानमा उत्रनुहुने सबैलाई हार्दिक नमन छ । MORNING SHOWS THE DAY भनेझैं सुरुवात राम्रो छ। ढिलो चाँढो जित सुनिश्चित छ। सबैले आ-आफ्नो ठाउँबाट बजारको बिकासको लागी लागी परौं। बजार रहेन हामी रहन्छौं ! नत्र हामी हरुवा कहन्छौं!!
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK