
घट्दो बजारमा अझै घट्छ अनि बढ्दो बजारमा अझै बढ्छ भनेर चर्चा परीचर्चा चल्ने गर्दछ जुन कुनै नौलो कुरा हैन । नेप्से बढेर ठ्याक्कै यतीनै पुग्छ अनि घटेर यती तलसम्म आउँछ भनेर ठोकुवा गर्ने मान्छेलाई सेयर बजारकै महाँमुर्खको संज्ञा दिंदा फरक नपर्ला । यो एउटा “आए आँप, गए झटारो” भन्ने उखान बराबरनै हो । हुन त अन्य क्षेत्रमा जस्तै सेयर बजारमा पनि जसलाई जे बोल्न पनि छुट छ, कुनै पैसा तिर्नु पर्ने हैन !
यदि कसैले आउँदो दिनमा नेप्से यती बिन्दुमै पुग्छ भनेर ठोकुवा गर्दछ भने मेरो बुझाईमा या त उसले १५ लाख लगानिकर्ताको मनोबिज्ञान एक एक गरेर अध्यान गरेको हुनुपर्छ, हैन भने उ मनोरोगी हुनुपर्छ।
आफुले गरेको लगानीमा बिश्वाश गरौं। तपाईंको लगानी सही ठाउँमा छ भने नेप्से अहिलेको बिन्दुबाट घटेर १२०० त के ६०० नै आए पनि केहि समय कुर्न सक्नुभयो भने तपाईं फाईदामै हुनुहुने छ । बिगतको आफ्नो अनुभव भन्नु पर्दा २०६५ सालमा नेप्से ११७५ बिन्दु छोएको बेला मैले ५४०० हालेर किनेको नबिल बैंकको सेयरको बजार मुल्य ईण्डेक्स २९२ आईपुग्दा ८०० को हाराहारीमा आएको थियो ।
बजार पुन बढ्न थालेर ६०० अंक पारगर्दा म नाफामा गईसकेको थिएँ। यसको कारण थियो कम्पनीले प्रदान गरेको बोनस सेयर।हुनत उक्त सेयर होल्ड गरेको समय पनि ४ बर्ष भैसकेको थियो। आम्दानी प्रतिशतमा हिसाब गर्दा सरदर २२% को प्रतिफल प्राप्त भएको थियो।
१.बिगतको प्रतिफल, सँस्थागत सुशासन, लगानीकर्ताप्रतीको उत्तरदाईत्व, ग्रोथ आदीलाई आधार मानेर राम्रा राम्रा कम्पनीलाई आफ्नो पोर्ट्फोलियोमा समावेश गराउनुहोस्।
२.अल्पकालको लागी भनेर गरेको लगानी परीआए दिर्धकाकालिन लगानीको रुपमा परिवर्तन गर्न पनि तयार हुनुपर्छ। तसर्थ शर्टटर्मको लागी भनेर कहिले पनि नराम्रा कम्पनीमा आँखा नलगाउनुहोस्।
३.सेयर बजारमा आजको भोलीनै प्रतिफल खोज्ने हो भने नराम्रोसँग डुबिन सकिन्छ। यस्तो सोच भएकाले जतिसक्दो चाँडो बजारबाट बिदा लिंदा उचित हुन्छ।
सेयर बजार सँधै घट्दैन पनि अनि सँधै बढ्दैन पनि, घटेपछी बढ्ने अनि बढेपछी घट्ने जुन बिश्वाब्यापी नियमनै हो । देशै रहेन, सबै खतमनै भयो भने हामिले बेलैमा सेयर बेचेर जोगाएको पैसाको पनि के काम र? तसर्थ घट्दा आत्तीने अनि बढ्दा मात्तीने गर्नुको कुनै औचित्य छैन। सकारात्मक सोचौं सेयर बजारको भबिश्य उज्वल छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्