- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ५ नम्बर प्रदेशवाट पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आजदेखिपुस ३ गतेसम्म रोल्पा तथा प्यूठान जिल्ला बन्दको घोषणा गरिएको छ ।
रोल्पा—प्यूठान संयुक्त सङ्घर्ष समितिको बुधबार प्यूठानको भिङ्गृमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लामो समयसम्म आन्दोलन गर्दासमेत सरकारले सुनेन, अब आन्दोलनलाई थप सशक्त बनाउँछौँ, संयुक्त सङ्घर्ष समिति, रोल्पाका संयोजकसमेत रहनुभएका नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले बताए । बन्दका कारण रोल्पामा बिहानदेखि यातायात, शिक्षण संस्था, बजार र कलकारखाना बन्द रहेका छन् ।
यसैगरी, दिउँसो जातीय सद्भाव कायम गर्न भन्दै सद्भाव ¥यालीसमेत निकालिने संयोजक पुनले बताए । आज बेलुका जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा राँके जुलुस निकालिने आयोजकले बताएका छन् । विधेयकको विरोधमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका ५ नं प्रदेशमा पर्ने यी दुई जिल्लाले पुस १ देखि ३ गतेसम्म आम हडताल गर्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्