Skip to content
LAXMI SUNRISE BANK

सभामुख घर्ती आज दुबई जाँदै

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – विश्वका महिला सभामुखहरुको सम्मेलनमा भाग लिन सभामुख ओनसरी घर्ती शनिबार दुबई जाँदैछिन्। उनी बेलुकी पौने पाँच बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा विश्वका ४० भन्दा बढी देशका महिला सभामुखको सहभागिता रहने स्रोतले जनाएको छ। 
‘भविष्यलाई आकार दिन एकजुट होऔं’ भन्ने नाराका साथ हुन लागेको सम्मेलन दुई दिन चल्नेछ। सम्मेलनमा विश्वमा रहेको लैङ्गिक तथा आर्थिक असमानता, महिला अधिकारका पक्षमा सभामुखको भूमिका लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनमा नेपालका तर्फबाट आफूले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सभामुख घर्तीले बताइन्। 
सभामुख घर्ती बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। सभामुख विदेश जाने भएपछि संसद बैठक मंसिर ३० गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK