×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गन्तव्यहिन यात्री…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गन्तव्यहिन यात्री…!

Artha Sarokar

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुनसान गल्लीमा रङ्गीन

पखेटा फिजाएर उडिरहेका अवसरहरु
चिन्न नसक्दा खाल्डाेमा गाडिन्छ कि
जीवन पुरिन्छु कि
छरपष्ट हुन्छन् कि सपनाहरु ?

डर लाग्छ अाफै्ंसँग
अनि अाफ्नै निर्णयसँग ।
जलेर अपाङगभएकाे पलाष्टिकजस्तै
हुन्छन् कि साेचहरु ?
न घर न घाटकाे हुन्छ कि याे ज्यान
तप्प तप्प सितका थाेपा झरेझैझर्छ
कि हरेक बिहान ।
गर्मी याममा पनि
थरथर काम्ने जाडाेहुन्छ कि ?

हरेक माैसमले म अाफैलाई पर पार्छ कि ?
झरेकाे फुलजस्तैकिचेर हिड्छ कि दुनियाँ ?
अाफ्नै निर्णयलाई किप्परराखेर
गाेलकाे बर्षात हुन्छ कि ?
हावा फुस्केकाे बेलुनजस्तै दुलाे पर्छ कि ?
खै के हुन्छ हुन्छ ?

सहि बाटाे चिन्न नसक्दा
गन्तव्यहिन यात्री हुन्छु कि ।

एउटा चुराेट सल्काएरसाेचु कि म ?
एक पेग लगाएरबाटाे खाेजु कि म ?
कहाँ जाउ कसलाई साेधु दुविधा भाे
मनमा एक रुपैयाँकाे डलरसँग
अाफ्नाे अस्तित्व साेधु कि म ।।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी