
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सार्वजनिक लेखा समितिको बैठक पुस १२ गते मंगलबार बस्ने भएको छ। सभापति जनार्दन शर्मा गएको साउनमा उर्जा मन्त्री नियुक्त भएदेखि नेतृत्वबिहीन भएको सार्वजनिक लेखा समितिको बैठक चार महिनापछि बस्न लागेको हो। पुस १२ गते समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने समिति सदस्य कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए।
समितिको बैठक बस्न नसक्दा बेरुजु फर्छ्यौट उपसमितिले प्रतिवेदन बुझाउन पाएको छैन। त्यस्तै सार्वजनिक लेखा सम्बन्धी धेरै उजुरीहरबारे छानबिन र छलफल नै हुन सकेको छैन। २ सय ९३ अर्ब रुपैयाँ सरकारी रकम बेरुजु रहेको अवस्थामा त्यस विषयमा अध्ययन गरी सुझाव दिनुपर्नेमा समितिको बैठक बस्न सकेको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्