Skip to content
LAXMI SUNRISE BANK

पार्टीको निति विपरीत भएको भन्दै सांसदलाई पार्टीबाट निष्कासन

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवम् सांसद गङ्गा चौधरी सत्गौँवालाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीका अध्यक्ष भानुराम थारुले विज्ञप्ति जारी गरी पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरीत काम गरेको भन्दै निष्कासन गरिएको जानकारी दिएका छन्। 
विज्ञप्तिमा पटकपटक सचेत गराउँदा पनि अनुशासन उलङ्घन गरेको र थरुहट आन्दोलन, सहिदको बलिदानीको अपमान गरेको उल्लेख छ। थरुहट आन्दोलनमा उठाएका मागलाई लत्याउँदै पार्टीलाई धोका दिएको, निहीत स्वार्थपूर्तिका लागि काम गरेको, सांसद पद जोगाउन र पहिचान तथा अधिकार विरोधी शक्ति केन्द्रको लोभलालचमा परी नयाँ पार्टी खोल्नेसम्मको हर्कत गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK