Skip to content
LAXMI SUNRISE BANK

संसद बैठक कार्यसूची नराखि आज स्थगित हुने

अर्थ सरोकार

  • अर्थ  सरोकार संम्वाददाता 

काठमाण्डौ – व्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।  हिजो बोलाइएको बैठक दलहरुसँगको छलफलका कारण आजका लागि सारिएको थियो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजै वैठकमा कुनै कार्यसूची राखिएको छैन ।
वैठकले पूर्व सांसद बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गर्ने संसद सचिवालयको तयारी छ । संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा एमाले लगायतका विपक्षी दलले संसद बैठक चल्न दिएका छैनन् ।
 लामो समयदेखि संसद चल्न नसक्दा महत्वपूर्ण विधेयध संसदमा अलपत्र परेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK