
- अर्थ सरोकार संम्वाददाता
काठमाडौ – व्यवस्थापिका संसदको बैठक शुक्रबार पनि बस्दैछ। दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने शुक्रबारको बैठक पनि प्रमुख विपक्षी दल नेकपा एमाले सहितका दलले अवरुद्ध गर्ने भएका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संसोधन प्रस्ताव फिर्ता नभएसम्म सदनको अवरोध यथावत रहने बताए।
सभामुख ओनसरी घर्तीले बिहीबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेर संसद चल्ने वातावरण बनाउन आग्रह गरेपनि ओलीले संसोधन विधयेक सरकारले फिर्ता लिएमात्रै संसद चल्ने जवाफ दिएका थिए। एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका सांसदले संविधान संसोध विधयेक राष्ट्रघाती भन्दै संसद चल्न दिएका छैनन्।
लगातार बैठक अवरुद्ध हुँदा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाउने कार्यसूची प्रभावित भएको छ। यसैबीच, संसदमा उत्पन्न गतिरोध हटाउने विषयमा सभामुख घर्तीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेका छन्।
शुक्रबार बिहानै भेट्ने तयारी गरेपनि प्रधानमन्त्री सुर्खेतबाट नफर्किएकाले छलफलको समय नटुंगिएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। सभामुख शनिबार दुबई जाने भएकाले त्यसअघि दलहरुबीच संवादको वातावरण बनाउन भन्दै उनले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेट गरेका थिइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्