
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संघीय समाजवादी फोरमका ९ जना असन्तुष्ट केन्द्रीय सदस्यहरू आज एमालेमा प्रवेश गर्दैछन् ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा मध्यान्ह १२ बजे हुने विशेष कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीले संघीय फोरमका नौ केन्द्रीय सदस्यहरूलाई सदस्यता दिइ पार्टी प्रवेश गराउने छन् ।
एमालेको केन्द्रीय कार्यालयका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार अध्यक्ष ओलीले संघीय समाजवादी फोरम छाडेर आएका केन्द्रीय सदस्यहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको जानकारी दिए ।
‘राष्ट्रियताको पक्षमा एमाले छ’, उनले भने, ‘एमालेप्रति आकर्षण बढ्नु स्वभाविक हो । हामीले राष्ट्र र जनताको मात्रै भलो चिताउँछौँ ।’
संघीय फोरमको पार्टी नेतृत्वसँग सैद्धान्तिक मतभेद भएको भन्दै नौ जना नेताले पार्टी परित्याग गरेपछि फोरम संकटमा परेको छ । संघीय फोरम छाड्नेमा पाँच जना केन्द्रीय सदस्य र चारजना वैकल्पिक केन्द्रीय सदस्यहरू छन् ।
एमाले प्रवेश गर्न लागेका संघीय फोरमका केन्द्रीय सदस्यहरू वीरेन्द्रबहादुर बोगटी, मानबहादुर धामी, बलवीर नेपाली, ओमकृष्ण प्रसाई तथा वैकल्पिक केन्द्रीय सदस्यहरू हेमन्त मान्डव्य, राजेन्द्र खनाल, प्रकाश अधिकारी, शंकर रोकामगर, टोपबहादुर ओलीलगायत रहेको स्रोतले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्