
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – कस्ले पत्याइदिने मन्त्रीले नै सचिवलाई म मा मु‘ जस्ता लेख्नै नमिल्ने शव्द प्रयोग गरेर गाली गर्छन भन्दा । तर, यस्तै लज्जाजनक दृश्य देखिएको छ वन मन्त्रालय तिर ।
त्यहाँ खुमबहादुर खड्काको कोटाबाट चुनिएका शंकर भण्डारी मन्त्रीको जिम्मेबारीमा छन । र सचिवका रुपमा हालै मात्र पशुपक्षीं विकास मन्त्रालयबाट उनकै रोजाईको वन मन्त्रालमया पुगेका लप्सी सचिव डा कृष्णचन्द्र पौडेल कार्यरत छन ।
उनै सचिव पौडेललाई वन मन्त्री शंकर भण्डारीले अपशव्द प्रयोग गरी हकारेको मौखिक उजुरी अहिले मुख्य सचिव डा सोमलाल सुवेदीसम्म पुगेको छ ।
‘भोलिदेखि मन्त्रालयमा नआइज मु‘ आइस् भने मा‘ तँलाई घोक्र्याएर निकाल्छु’ यस्तो अश्लिल शब्द प्रयोग गर्दै मन्त्री भण्डारीले सचिव पौडेललाई गाली गरेका हुन ।
अवैध ढंगले खोटो संकलन गर्नेलाई ओसारपसारको अनुमति दिने निर्णयको विरुद्धमा सचिव पौडेलले उभिएपछि उनलाई अनुगमनको नाममा झापातिर लखेटेर प्रेमनारायण कँडेललाई निमित्त सचिवको जिम्मेवारी दिई उनले अवैध खोटो संकलन गर्नेलाई ओसोरपसार गर्न अनुमति दिएका थिए ।
पुस ७ गते मन्त्री भण्डारीले हिमाल रोजिन एण्ड टर्पेनटाइन जडिबुटी प्रशोधन कम्पनीलगायतलाई खोटो संकलन तथा ढुवानी गर्न दिने निर्णय गरेका हुन् । यो निर्णयप्रति सचिव पौडेलले आश्चर्य प्रकट गरेको कुरा मिडियामा प्रतिक्रिया दिएका थिए ।
मन्त्री भण्डारीले समाचार आउनासाथ अघिल्लो शनिबार सचिव पौडेललाई मोवाइलमा फोन गरी ‘भोलिदेखि मन्त्रालयमा नआउन उर्दी जारी गरे ।
आफूलाई मन्त्री भण्डारीले असभ्य र अश्लिल गालीगलौज गरेपछि मुख्यसचिव डा। सोमलाल सुवेदीलाई यी सबै घटना विस्तृतमा सुनाइसकेका छन । मुख्यसचिव सुवेदीले मन्त्रीले जे भने पनि मन्त्रालयमा जान निर्देशन दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्