Skip to content
LAXMI SUNRISE BANK

सरकार र संघीय गठबन्धनबिच बालुवाटारमा बैठक सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सरकारमा सहभागी प्रमूख दल नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेशी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ। 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सदन सञ्चालन, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको स्वकिय सचिवालयले जनाएको छ।
 बैठकमा प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत मधेशी मोर्चाका प्रमूख नेताहरु सहभागी छन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK