
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – राजमार्गलाई २५ मिटर बनाउने अभियान स्वरुप हेटौँडामा बुधबारबाट सडक फराकिलो पार्ने अभियान सुरु भएको थियो। यस अभियानअन्तर्गत आज हेटौँडाका विभिन्न सरकारी कार्यालयको संरचना भत्काइयो।
बुधबार बिहानबाट हेटौँडाको सडक विभाग हेवि इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला हुलाक कार्यालले अतिक्रमण गरेका संरचना भत्काइको थियो। आज हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर लगाइयो।
सडक डिभिजनले संरचना खाली गर्न दिएको १० दिनको समय सकिदाँ समेत भवन खाली नगरिएपछि आज प्रहरीको बाक्लो उपस्थितीमा भवन भत्काइएको हो। आजै हेटौँडाको रानी दरबार परिसरमा रहेको वन विज्ञान अध्ययन सस्थान तथा नेपाल ट्रस्टले अतिक्रमण गरेको संरचना समेत भत्काइयो।
डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकृत इन्जिनियर जयराम अधिकारीले अब कामले निरन्तरता पाउने बताए। हेटौँडा अस्पताललाई आफुहरुले जानकारी गराएको र अस्पताल प्रशासनले पनि ७ दिन भित्र भवन खाली गर्न पत्राचार गरेको भएपनि व्यवसायीहरुले अटेर गरेपछि बाध्य भएर भवनमा डोजर लगाएको कार्यालयले जनाएको छ। क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ति जनाएको छ।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले व्यवसायीले केही समय माग्दा समेत क्षेत्रीय प्रशासकले समय नदिएको बताए। उनले यस निर्णय विरुद्ध आन्दोलन गर्ने बताए।‘निजि घरमा डोजर कसरी चल्छ हामी पनि हेर्छौ, यदि प्रशासनले निजि घरमा डोजर हुल्न खोज्यो भने हेटौँडा रक्ताम्य हुन्छ,’ निजि घरमा प्रशासनले डोजर चलाउन नमिल्ने दाबीसहित उनले चेतावनी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्