Skip to content
LAXMI SUNRISE BANK

एसबिआई बैंकले ६७ हजार सात सय ६७ कित्ता सेयर जारी गर्ने

अर्थ सरोकार

  •  

    अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – आइतबारबाट नेपाल एसबिआई बैंकले नयाँ सेयर निस्कासन गर्ने भएको छ । बैंकले ६७ हजार सात सय ६७ कित्ता सेयर जारी गर्ने भएको हो । बैंकलाई इक्रा रेटिङले ग्रेड २ रेटिङ दिएको छ ।
 यसले बैंकको समग्र पक्ष औसतभन्दा माथि रहेको जनाउँछ । लगानीकर्ताले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि एफपीओं भर्न सक्नेछन्। 
सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा गत कार्तिक ९ गते निबेदन दिएको थियो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी प्रिमियम रकम जगेडा कोषमा रहनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK