
एजेन्सी – सैनिक बोकेको रुसी विमानको उडेको केही समयमै विमान राडरसँग सम्पर्कविहीन भएको छ। सोचीस्थित ब्ल्याक सी विमानस्थलबाट उडेको विमान सम्पर्क बिच्छेद भएको रुसी सञ्चारमाध्यमलाई उधृत गर्दै बीबीसीले लेखेको छ।
सोचीबाट सिरियाको लाटाकिया प्रान्तका लागि उडेको विमानमा ८३ यात्रु र ९ जना विमान परिचालक रहेका छन्। विमानमा सेनाका साथै सेनाको सांगीतिक समूह र पत्रकार पनि भएको बताइको छ।

आपतकालसम्बन्धी मन्त्रालयले हराईरहेको विमान टीयू १५४ भएको बताएको छ। उक्त विमान रक्षा मन्त्रालयको भएको खबरहरु आइरहेका छन्। तर त्यसको पुष्टि हुन बाँकी छ। विमान रुसी जलक्षेत्रमाथिबाट सम्पर्कविहीन भएको बताइएको छ। अहिलेसम्म रुसी अधिकारीहरुले विमान सम्पर्कविहीन भएको बारे कुनै प्रतिक्रिया दिएका छैनन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्