
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाली सेनाले दुई सय १६ प्राविधिक पदको दरवन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। ओभरसियर, नर्सिङ, मेकानिकल इन्जिनियर, छापाखाना प्राविधिक, छायाँकार, कम्प्युटर अपरेटरलगायतका ३३ पदमा दुई सय १६ जनाको खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो।
संविधानको प्रावधान अनुसार महिला, आदिवासी, जनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रलाई समानुपातिक रुपमा कोटा निर्धारण गरिएको छ। कम्तीमा एसएलसी, प्राविधिक एसएलसी, पिसिएल नर्सिङ, इन्जिनियरिङ डिप्लोमा उत्तीर्ण गरेका उम्मेद्वारले योग्यता अनुसारको पदमा फाराम भर्न सक्नेछन्।

दरखास्त फाराम सेनाको मुख्यालय जंगी अड्डा भद्रकालीवाट बुझ्न सकिने सूचनामा छ। पुस ११ गतेवाट माघ ११ गतेसम्म दरखास्त दिन सकिने छ। डवल दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त फाराम भर्ने समय छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्